दफा ४६
बसोबास गर्ने वा कारोबार गर्ने स्थान निश्चित नभएमा
भुक्तानीको लागि प्रस्तुत गर्नुपर्ने स्थान नलेखिएको विनिमेय अधिकारपत्र लेखिदिने वा स्वीकार गर्ने व्यक्ति वा ड्रयीको बसोबास गर्ने वा कारोबार गर्ने स्थान निश्चित नभएकोमा सो अधिकारपत्र भुक्तानी स्वीकृतिको लागि निजलार्ई फेला परेको स्थानमा प्रस्तुत गर्नुपर्नेछ ।